रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर तथा सेयर सदस्य बस्नेतको निधन

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ ३ गते सोमवार


दाङ :  रेडियो हापुरेका संस्थापक स्टेशन म्यानेजर तथा सेयर सदस्य दाङ बबई गाउँपालिका ४ निवासी पत्रकार लक्ष्मण बस्नेतको मृत्यु भएको छ । पत्रकार महासंघ दाङका साधारण सदस्य समेत रहेका ३३ वर्षीय बस्नेतको उपचारको क्रममा सोमवार दिउसो १ बजेतिर मृत्यु भएको हो । यस दुःखद खवरले रेडियो हापुरे परिवार स्तव्ध भएको छ । उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजको आइसियु कक्षमा उपचार भइरहेको थियो । उनको कोरोना रिपोर्ट भने नेगेटिभ थियो । कोरोना संक्रमित रहेका उहाको ६ दिन अघि मात्रै रिपोर्ट नेगेटिभ आएको थियो । तर, स्वास्थ्यमा सुधार नआएपछि उनलाई अस्पतालमै राखेर उपचार जारी राखिएको थियो । उनलाई निमोनिया र स्वासप्रस्वासमा भने समस्या थियो । आइतबार मात्रै उनका बुवा टोपबहादुर बस्नेतको भैरहवामै उपचारको क्रममा निधन भएको थियो । टोपबहादुर कोरोनाकै कारण मृत्यु भएको हो । उनी नेकपा एमालेका पश्चिम दाङक नेता समेत हुन् । बाबुको मलामी नर्फकिदै छोराको निधनले बबईमा शोकमग्न भएको छ । संस्थापक म्यानेजर बस्नेतको निधनमा रेडियो हापुरेबाट प्रशारण हुने समाचार बाहेक सुचना तथा मनोरञ्जनका संपुर्ण कार्यक्रम सोमवार एक दिनलाई बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार