समाजसेवी महताराद्धारा एक महिनाको घरभाडा छुट

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २ गते आइतवार


दाङ :  तुलसीपुरका समाजसेवी एक दम्पतिले एक महिनाको घरभाडा नलिने घोषणा गरेका छन् । तुलसीपुर उपमहानगरपालिका ६ निवासी समाजसेवी टोपबहादुर महतारा र गीता महताराले एक महिलाको घर भाडा नलिने घोषणा गरेका हुन् । तुलसीपुर ९अटोभिलेज जाने बाटोमा रहेको आफुहरुको घरमा होटल व्यवसायी र किराना गर्ने २ व्यवसायीलाई एक महिनाको घरभाडा छुट गर्ने टोप बहादुरले बताए । दोस्रो चरणको कोरोना महामारी भएपछि कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउनका कारण व्यवसाय हुन नपाउँदा समस्यामा परेको भन्दै एक महिनाका १७ हजार भाडा मिनाह गर्ने उनले बताए । ति ब्यवसायीहरुले घर भाडा बापत मासिक १७ हजार दिदै आएका थिए । ‘ गत बर्ष पनि कोरोनाले गर्दा लामो समय सम्म बन्दाबन्दी हुदाँ घरभाड छुट गरेको थिए,’उनले भने,‘ अहिले पनि गरेको छु । यो बन्द कहिले सम्म हुने हो ? थाहाँ छैन् । बन्दका कारण ब्यवस्या नै धरापमा परेका छन् । यस्तो समयमा उनीहरुबाट कसरी घरभाडा लिने ?’ महतरा दम्पतिले विगत लामो समय देखि सामाजिक सेवा गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार