तुलसीपुरमा अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको ब्यवस्थापनका लागि आर्थिक सहयोग

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २ गते आइतवार


दाङ : तुलसीपुर उपमहानगरपालिकाले स्थापना गर्न लागेको अक्सिजन प्लान्ट तथा कोरोना मेट्रो हस्पिटलको ब्यवस्थापनका लागि यहाँका विभिन्न संघसंस्था तथा ब्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् । वाणिज्य सघंको अगुवाइमा आइतबार ४ लाख नगद रुपैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । वाणिज्य सघंका महासचिव बिनिल केसीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई नगद हस्तान्तरण गरेका हुन् । कोभिड विपद कोषको सहजकर्ता बिमल रिजालको पहलमा सो रकम सकंलन गरिएको हो । बाणिज्य सघंले १ लाख ५१ हजार, रोटरी क्लब अफ तुलसीपुर सिटीले ६२ हजार ३००, रोट्रयाक्ट क्लब अफ तुलसीपुरले ६५ हजार ३६०, लायन्स क्लब अफ दाङको तर्फबाट ५१ हजार, तुलसीपुर ट्रेक्टर समितिको तर्फबाट २५ हजार सहयोग प्राप्त भएको सघंका कोषाध्यक्ष देबबहादुर केसीले जानकारी दिए ।

त्यस्तै अक्सिजन प्लान्ट र कोरोना मेट्रो हस्पिटलको ब्यबस्थापनका लागि तुलसीपुर ९  निवासी बीर बहादुर डांगी, गोकर्ण डाँगी , टोपबहादुर डाँगीर भरत डाँगी कि आमा मित्र कुमारी डाँगीको नामबाट  ५० हजार नगद सहयोग गरेका हुन्  उक्त रकम उपमहानगरका मेयर पाण्डलाई  टोपबहादुर डाँगीले  हस्तान्तरण  गरेका हुन् ।

यस्तै तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललित जगं शाहले ११ हजार रुपैया विपद् कोषमा सहयोग गरेका छन् । अझै विपद् कोषका लागि रकम उठनेक्रम पनि जारी रहेको सघंका अध्यक्ष रामप्रसाद चालिसेले बताए । साथै उनले आम उद्योगी ब्यबसायीहरुमा विपद्को घडिमा सबैले सहयोग गर्नुपर्ने भन्दै सहयोग गर्न अपिल समेत गरेका छन् । त्यस्तै तुलसीपुर १८ स्थायी ठेगाना भइ हाल जर्मनीमा बस्दै आएका डा.विदुर भट्टराई उपमहानगरको कोरोना विपत व्यवस्थापन कोषमा एक लाख २५ हजार सहयोग गरेको वडा नंं. १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिए । हेमन्तपुरमा बस्दै आएका उनका बुवा दिलिप भट्टराई र आमा लक्ष्मी भट्टराईले उक्त रकम वडाध्यक्ष वलीलाई हस्तान्त्ररण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार