नेपालमा ७ हजार ३६८ संक्रमित थपिए, १४५ को मृत्यु, ६ हजार ६४८ जना कोरोनामुक्त

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ २ गते आइतवार

काठमाडौं  : नेपालमा आइतवार  ७ हजार ३६८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १९ हजार ५३९ नमुनाको परीक्षण गर्दा ७ हजार ३१६ जना र ३४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५२ जनामा संक्रमण पुष्टि भएको हो।काठमाडौं उपत्यकामा मात्र २ हजार ६०९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये काठमाडौंका १ हजार ८८१ जना, ललितपुरका ४३६ जना र भक्तपुरका २९२ जना छन्। यससँगै देशभर संक्रिय संक्रमितको संख्या एक लाख १० हजार २६३ पुगेको छ। तीमध्ये ७ हजार ८०८ जना संस्थागत आइसोलेसनमा र १ लाख २ हजार ४५५ जना होम आइसोलेसनमा बसेका छन्। १ हजार ३१३ जनाको आइसीयुमा र ३८० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। यही अवधिमा १४५ जनाको मृत्यु भएको छ भने ६ हजार ६४८ जना कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार