उद्योगपति तथा प्रतिष्ठित ब्यबसायी बुढाथोकीले ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १ गते शनिवार


दाङ : राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ३० थान अक्सिजन सहयोग गर्न लागिएको छ । प्रतिष्ठित ब्यबसायि , उद्योगपति तथा दाङ जिल्ला उद्योग बाणिँज्य संघका पूर्व उद्योग उपाध्यक्ष खड्ग बुढाथाकीले प्रतिष्ठानमा सहयोग स्वरुप ३० थान अक्सिजन सिलिन्डर सहयोग गर्न लागेका हुन् । अक्सिजन अभावका कारण थुप्रै कोरोना संक्रमितले ज्यान गुमाइरहेको अबस्थालाई मध्यनजर गर्दै प्रतिष्ठानको आइशोलेसनमा उपचाररत बिरामीको लागि उक्त अक्सिजन सहयोग गर्न लागीएको उद्योगपति बुढाथोकीले बताए। बिभिन्न समाजसेवामा सक्रिय बुढाथोकीले आफ्नो ब्यक्तिगत रुपमा ३० थान अक्सिजन सहयोग गर्न लागेका हुन्। कोरोना महामारी चलिरहेको बेला कोही पनि कोरोना संक्रमणले ज्यान गुमाउन नपरोस भनि सहयोग गर्न लागेको पनि उनको भनाइ छ ।प्रतिष्ठानमा रहेर महामारीसंग लडिरहेका र महामारीबाट बचाउन संघर्ष गरीरहेका स्वास्थ्यकर्मीहरुका लागि उनी प्रबन्ध निर्देशक रहेको सञ्जिवनि कलेजले शनिवार देखि २ महिना सम्म खाजा खर्च ब्यहोर्ने भएको छ । शनिवार बसेको कलेजको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार