दाङमा हाल सम्म ८५५४ संक्रमित, ५८४६ डिस्चार्ज

Author Logo..
अनलाइन राप्ती २०७८ जेष्ठ १ गते शनिवार

दाङ :  दाङमा गत बर्षदेखि यहि बैशाख ३१ गते सम्म ८ हजार ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्य ५ हजार ८४६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार अहिले जिल्लामा २ हजार ७०८ जना संक्रिय संक्रमित रहेका छन्, भने १३४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लामा सबै भन्दा बढि घोराही उपमहानगरका संक्रमित बढि भएका छन् । घोराहीमा ३ हजार ७०२, तुलसीपुरमा ३ हजार १३७, गढवा गाउँपालिकामा १४९, दंगीशरण गाउँपालिकामा ११८ बंगलाचुली गाउँपालिकामा १९९ जनामा कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले जानकारी दिए । त्यस्तै राजपुर गाउँपालिकामा ७७ , बबई गाउँपालिकामा १९०, राप्ती गाउँपालिका २३७, लमही नगरपालिकामा ५६७ र शान्तिनगर गाउँपालिकामा १७८ जनामा कोरोना पुष्टि भएको उनले जानकारी दिए ।

यसैगरी दोस्रो चरणको कोरोना महामारीसंगै जिल्लामा सबैभन्दा बढि तुलसीपुर उपमहानगरपालिमा संक्रमित भएका छन् । बैशाख १ देखि ३१ सम्म २ हजार २३२ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उपमहानगरका फोकल पर्सन बिमल केसीले जानकारी दिए । ति मध्य ६२४ जनाले कोरोना जितेका छन्, भने ४१ जनाको मृत्यु भएको छ । उपमहानगरमा शुक्रवार सम्म १५ सय ६७ जना सक्रिय संक्रिमत रहेको समेत उनले जानकारी दिए ।

त्यस्तै दोस्रो स्थानमा रहेको घोराही उपमहानगरपालिकामा बैशाख महिनाभर १७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरको जनस्वास्थय प्रवर्धन शाखाले जनाएको छ । ति मध्य ५४६ जना निको भएका र हाल उपमहानगरमा १२ सय २ जना सक्रिय संक्रमित रहेको शाखाले जनाएको छ । उपमहानागरमा बैशाख महिनामा ३७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उपमहानगरमा सबै भन्दा बढि २१ देखि ५० वर्ष उम्मेरका संक्रमित भएका छन् । जसमा १२२७ जना रहेका छन्, भने ५१ देखि ५९ वर्ष उम्मेरका १२२ जना, ६० देखि ६९ सम्मका ११८ जना, ११ देखि २० सम्मका १०९ जना रहेका छन् । त्यसैगरी १० बर्ष सम्म उम्मेरका ६४ जना र ७० देखि माथि उम्मेरका ४५ जनामा कोरोना पुष्टि भएको शाखाले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार