लकडाउनको समयमा सप्तरङ्गी द्धारा अन्तर विद्यालय अनलाइल प्रतियोगिता

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २६ गते आइतवार

दाङ :  तुलसीपुर –९ बेलुवामा रहेको सप्तरङ्गी इङ्लिश स्कुलमा ( सक्सेस एकाडेमी ) अन्तर विद्यालय अनलाइन प्रतियोगिता सम्पन्न भएको छ । लकडाउनको समयमा घरमै रहेका विद्यार्थीहरुलाई रचनात्मक कार्यमा संलग्न गराउने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक छबि कुमार वलीले जानकारी दिए । विभिन्न तहगत रूपमा आयोजना गरिएको प्रतियोगिता माबितह अन्तरगत निबन्ध लेखन प्रतियोगितामा प्रथम सलिना रेग्मी, द्धितिय कृष्ण भण्डारी र तृतीय लक्ष्मण बिक भएका छन्, भने यस्तै माबि तहकै विषयगत चित्रकला प्रतियोगितामा प्रथम मनोज लामिछाने, द्धितिय सुस्मिता राजगुरु र तृतीय सुस्मा न्यौपाने भएको प्रअ वलीले जानकारी दिए । यस्तै निमाबि तहको विषयगत चित्रकला प्रतियोगितामा प्रथम बिनोद केसी, द्धितिय रक्षा गिरी र तृतीय मेनुका डाँगी भएकी छिन्, भने सोहि तहको कविता लेखन प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय क्रमश बिनोद केसी, रोशन खड्का र रक्षा गिरी भएको मावि र निमावि तहका कार्यक्रम संयोजक गोपाल गिरीले जानकारी दिए ।

यसैगरी प्राथमिक तह अन्तर्गत आयोजना गरिएको खुल्ला चित्रकला प्रतियोगितामा प्रथम रेनुका कंडेल, द्धितिय रमन खड्का र तृतीय स्थान सुकृति वलीले हासिल गर्न सफल भएका छन् । त्यस्तै पूर्व–प्राथमिक तह अन्तर्गतको खुल्ला चित्रकला प्रतियोगितामा प्रथम सामुयल कार्की, द्धितिय बालकृष्ण चन्द र तृतीय नम्रता रावल भएकी भएका छन्, भने सोहि तहकै र्ह्याइम्स प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय क्रमश रोजिना वली, बालकृष्ण चन्द र सभ्यता भट्टराई भएको जानकारी प्राथमिक तथा पूर्व–प्राथमिक कार्यक्रम संयोजक निमेश डाँगीले दिए । साथै प्रतियोगितामा बिजेतालाई विद्यालय संचालन भएपछि पुरस्कर र प्रमान पत्र सहित बिजेतालाई सम्मान गरिने प्रअ वलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार