प्युठानमा पिकअप गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २२ गते बुधवार

दाङ : प्युठानमा बोलेरो पिकअप  गाडी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठानको प्यूठान नगरपालिका ८ बाग्दुला बस्ने २१ बर्षीय समर कवर रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । मंगलवार साँझ करिब साढे ७ बजेतिर प्यूठान नगरपालिका ८ पाडावाङ स्थितम बाहानेबाट बग्दुला तर्फ आउँदै गरेको खाध्यान्न सामाग्री बोक्ने खाली गाडी लु.२.च.६७८१ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल खस्दाँ दुर्घटना भएको प्रहरीले जनाएको छ । त्यस्तै दुर्घटनामा परी चालक गौमुखी गाउँपालिका ४ पुजा बस्ने २३ बर्षीय लोकेन्द्र केसी र बायाँ आँखामा चोट अबस्था सामान्य (चालक) सोही गाउँपालिका १ अर्खा बस्ने १७ बर्षीय कृष्ण सुनार घाईते भएको र उनीहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको । प्रहरीले चालक प्रहरीको नियन्त्रण लिइ थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार