दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २२ गते बुधवार


दाङ : दाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १५ निवासी ६५ बर्षीय पुरुष रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ । उनको बुधबार विहान ९ : १५ बजेतिर अस्पतालमा मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । ति पुरुष बैशाख १७ गतेदेखि अस्पतालमा एचडीयूमा भर्ना भएका थिए । उनलाई निमोनिया संगै कोरोना पुष्टि भएको वलीले जानकारी दिए । त्यस्तै कोराना अस्पतालमा योसंगै कोरोना संक्रमणबाट मृत्यु हुने संख्या ५ जना महिला र १३ जना पुरुष गरी १८ पुगेको अस्पतालले जनाएको छ । मंगलवार सम्म अस्पतालमा ५२ जना एचडीयू र ५ जना आसियूमा भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार