दाङमा पिकअप गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २२ गते बुधवार


दाङ : दाङमा पिकअप गाडीको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ७ का २७ बर्षीय बिशाल योगीको घटनास्थलै मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । मंगलवार साँझ करिब साढे ५ बजेतिर लमही नगरपालिका ८ उचानिम्वु स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको ना ५ च ५८६ नम्बरको पिकअप गाडीले योगीलाई ठक्कर दिदाँ घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी र चालकलाईे नियन्त्रण लिइ र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार