माओवादी केन्द्रले लियो सरकारलाई दिएको समर्थन फिर्ता

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २१ गते मङ्गलवार

काठमाडौं  :  नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट विश्वासको मत लिनका लागि अधिवेशनको आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो । बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने बताइएको छ । यसका साथै सरकारले बैठकले प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २७ गते बोलाएको प्रतिनिधिसभाको विशेष अधिवेशनको उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार