नविन वलीको ‘गुगलमा सर्च’सार्वजनिक

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २० गते सोमवार

 

दाङ : दंगाली गायक तथा संचारकर्मी नविन वलीको नयाँ लोक दोहोरी गीत गुगलमा सर्च भन्ने सार्वजनिक भएको छ । गीतमा गायक वली र पूर्णकला बिसीले स्वर दिएका छन् । कौशिक घर्तीमगरको लय शब्द रहेको गीतमा एरेन्ज तिलक वलीको रहेको छ । यो गीतमा अभिनय गोविन्द विवश, अर्जुन डाँगी, बिनु आचार्य र सुमिना क्षेत्रीले गरेका छन् । यस अघि आफुले ल्याएका गीतहरु मध्य यो गीत अलि फरक किसीमको रहेको गायक वलीले जानकारी दिए । उनले करिब आधा दर्जन लोक दोहोरी तथा तिजको गितहरु बजारमा ल्याइसकेका छन् ।

उनले अचेल फोन गर्नै छोडेउनी , सागर पनि सुक्ने रैछनी ,मेरो त वील्ला भो, अण्डा खाउ ज्यान बनाउ, खाने मुख लाई छेक्दैन दारी र जुँगाले लगाएत चर्चित गीतहरु बजारमा ल्याएका थिए । त्यस्तै गुगलमा सर्च पछि अर्को लोक दोहोरी गीत बैमानी समेत ल्याउन लागेको उनले बताए । दर्शक तथा स्रोताहरुको माया र साथ पाएपछि अ
आफुले नयाँ गीतहरु ल्याउँदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार