दाङमा अक्सिजन अभाव

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १९ गते आइतवार


दाङ : दाङमा दैनिक एक÷ दुई सय कोरोना संक्रमितहरु बढ्दै गएपछि यहाँ अहिले अस्पतालमा बेड तथा स्थानियतहहरुले आइसोलेशन बनाउन शुरु गरेको भएता पनि अक्सिजनको भने अभाव भएको छ । जिल्लामा रहेको कोरोना विशेष अस्पताल बेलझुण्डीमा शनिवारबाट १० वटा आइसीयू , ५० वटा एचडीयू र ४० वटा सामान्य गरी एक सय बेडको तयार पारिएको छ । यसअघि ५ वटा आइसीयू र ३० सामान्य गरी ३५ वटा मात्रै बेड थिए । एक सय बेडको बनाएको भएता पनि अस्पतालमा अक्सिजनको अभावका कारण संक्रमितहरुलाई उपचार गर्न समस्या भएको अस्पातलले जनाएको छ । आइतवार दिउँसो अस्पतालमा ५९ संक्रमितहरु थिए । ति मध्य ४० जनाले अक्सिजन नपाउँदा केही घण्टा उनीहरु छटपट्टिरहेका थिए । अस्पतालका ब्यवस्थापक दोर्ण वलीका अनुसार दिउँसो अक्सिजन नहुदाँ ४० जना विरामी छटपट्टिरहेका थिए । सम्बन्धित निकायमा शनिबार राति ८ बजे नै जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । ‘ अहिले अस्पतालमा बेडहरु थपिएका छन्,’ उनले भने,‘ तर, अक्सिजनको अभाव छ । अहिले हामीले सबै एक सय बेड छन् । तर, अक्सिजनको अभावले गर्दा हामीले सबै संचालन गर्न सकेका छैनौँ ।’ हामीले ६५ वटा सम्म संचालन गर्न पाएपछि अक्सिजन चाहिने विरामीलाई भर्ना गर्न सकिन्छ । तर, हामीसंग पर्याप्त अक्सिजन छैन् । हामी समस्यामा छौँ ।’ उनका अनुसार ६५ बेडको संचालन गर्नको लागि दैनिक करिब २ सय सिलिण्डर चाहिन्छ । त्यो नहुदाँ सम्म भर्ना गर्न सकिदैन् । त्यस्तै, उनले पूर्णरुपमा अक्सिजन पाएमा ६५ वटा बेड संचालन गर्न सकिने र अरु २४ वटा बेडहरुमा लक्षण सहितका औषधि दिन मिल्ने संक्रमितहरुलाई राख्न सकिने समेत बताए । आइतवार दिउँसो ६५ वटा अक्सिजन सिलिण्डर आएको भएता पनि त्यो पनि साँझ ९ बजे सम्म मात्र पुग्ने ब्यवस्थापक वलीले बताए ।

त्यसपछि उही चुनौती रहने समेत उनको भनाइ छ । अहिले अस्पतालमा ७६ वटा अक्सिज सिलिण्डरहरु रहेको र विरामीको आवश्यकता अनुसार एउटा सिलिण्डर आधा देखि एक घण्टा सम्म मात्र प्रयोग हुने र अहिले अस्पतालमा ५१ जना संक्रमितहरु रहेको र ति मध्य ५ जना आइसीयूमा र ४६ जना एचडीयूमा रहेको उनले बताए । ‘ राती १० बजे ९० वटा अक्सिजन सिलिण्डर आउँदै छन्,’ उनले भने,‘ हामीले त्यो एक घण्टाको समयमा कसरी ब्यवस्थापन गर्ने ? यदि गाडीमा कुनै समस्या नआएमा भनेकै समयमा आउला तर, गाडीमा केही समस्या आयो, भने अवस्था चिन्ता जनक हुने छ । ’ साथै अस्पतालमा भएका एक सय बेडमा संचालन गर्नको लागि दैनिक ५ सय सिलिण्डर आवश्य पर्ने समेत उनले बताए । त्यस्तै, आइतवार अस्पतालबाट ८ जना निको भएर डिस्र्चाज भए, भने थप २ जना संक्रमितको मृत्यु भएको उनले बताए । उनका अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ९ का पुरुष र घोराही उपमहानगरपालिका १५ का पुरुष रहेका छन् । त्यस्तै, आइतवार नै एक जना संक्रमितलाई काठमाडौँ रिफर गरिएको समेत उनले बताए । त्यस्तै तुलसीपुर उपमहानगरपालिका ६ का ५१ बर्षीय पुरुषलाई विरामीको अभिभावकको इच्छा अनुसार हेलिकप्टर मार्फत काठमाडौँ रिफर गरिएको उनले बताए । िजिल्लामा अहिले ३ वटा अस्पतालले कोरोना संक्रमितहरुको उपचार गर्दै आइरहेको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौड्ेलले बताए । तर, अस्पतालहरुमा बेडहरु थपिदै गएको भएता पनि अक्सिजनको अभावले समस्या भएको उनको भनाइ छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोरोना विशेष अस्पताल बेलझुण्डी र लमहीमा संचालनमा आएको अस्थाइ कोरोना अस्पतालबाट सेवा दिइरहेको उनले बताए । त्यस्तै प्रतिष्ठानमा एक सय बेड पु¥याउने कुरा भए अनुसार अहिले बेडहरु थपिदै गएको समेत उनले बताए ।

२५ बाट शुरु भएकामा अहिल करिब ४० बेड प्रतिष्ठानमा कोरोना संक्रमितहरुलाई उपचार गर्नको लागि तयार भएको उनले बताए । त्यस्तै प्रतिष्ठानमा पनि अक्सिजनको समस्या भएको उनले बताए । उनका अनुसार पर्याप्त मात्रामा अक्सिजन भएमा प्रतिष्ठानले एक सय बेड बनाएर संक्रमितहरुलाई उपचार गर्न सक्ने उनको भनाइ छ । त्यस्तै बेलझुण्डीको कोरोना विशेष अस्पतालमा पनि अहिले ६५ बेड संचालन आएको भएता पनि अक्सिजनको अभाव रहेको प्रजिअ पौड्ेलले बताए । त्यस्तै लमहीमा रहेको अस्पातलमा २५ बेड रहेको उनले बताए । जिल्लामा अक्सिजन ब्यवस्थापन गर्नको लागि आफुहरु लगाएत स्थानियतहरु पनि लागि परेको उनले बताए । अहिले जिल्लामा अक्सिज उत्पादन नहुदाँ र बाँकेमा ल्याउनु परेको उनले बताए । उनका अनुसार अस्ति सम्म २ वटा गाडीले अक्सिजन सिलिण्डर ल्याउँदै आएको भएता पनि शनिवारदेखि थप २ वटा गाडी थपेर ४ वटाले ल्याउँदै आएका छन् । त्यस्तै जिल्लामा उत्पादन गर्नेले पनि आफ्नो क्षमता अनुसार उत्पादन गरेको भएता पनि बेला बेलामा बत्ति जादाँ उत्पादनमा समस्या हुने गरेको उनको भनाइ । त्यसको लागि पनि विद्युत प्राधिकरणसंग कुरा गरेर समस्या हल गर्न पहल भएको उनले बताए । त्यस्तै जिल्लामा बैशाख १७ गते विहान ६ बजेदेखि २५ गते बेलुका ६ बजे सम्म लकडाउन घोषणा भएको भएता पनि कोरोनाको अवस्था हेरेर थपघट हुन सक्ने समेत उनले बताए । ‘ उनले भने,‘ २५ गते पुग्दा अहिलेको अवस्थामा कमी आए कलडाउन नहुन सक्छ । तर, अहिलेको अवस्था रहिरहेका निरन्तरता दिन सक्छौँ । अहिलेको भन्दा बढि भयावह स्थिती भएमा अझ अगाडी बढ्न सक्छ । डिसीसीएमसीको बैंठक बसेर निर्णय हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार