तुलसीपुरका थप एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १९ गते आइतवार


दाङ : तुलसीपुरका थप एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीको एचडियू कक्षमा उपचाररत तुलसीपुर उपमहानगरपालिका ९ का ४८ बर्षीय पुरुषको आइतबार दिउँसो पौने एक बजे मृत्यु भएकोे अस्पतालले जनाएको छ । उनी शनिबारदेखि अस्पतालमा भर्ना भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनलाई निमोनिया समेत भएको थियो । अस्पतालमा अक्सिजन अभाव भएको अस्पतालले जनाएको छ । हाल अस्पतालमा ५९ जनाले उपचार गराई रहेको भएपनि ४० जनालाई अनिबार्य अक्सिजन चाहिने ब्यवस्थापक वलीले जानकारी दिए ।

यसैबीच अहिले ६५ वटा अक्सिजनका सिलिण्डरहरु आएको अस्पतालका सदस्य सचिव डा. विनोद सिंहले जानकारी दिए । ‘ अहिले ६५ वटा अक्सिजन सिलिण्डर आएको छ,’उनले भने,‘ यसले साँझ सम्मलाई पुग्छ । हामीले अन्य अक्सिजनको पनि ब्यवस्था गर्दैछौँ । अहिले त्यसैको छलफल हुदैछ । अस्पतालमा अक्सिजनको त समस्या नै छ । ’ हालसम्म दाङमा अक्सिजन उत्पादन गर्ने प्लान्ट नभएको हुँदा बाँकेबाट सिलिण्डर किनेर ल्याउँदै आइएको छ । एउटा अक्सिजन प्लान्ट घोराही रहेपनि त्यो बन्द अवस्थामा छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार