३ जना बालक मृत्यु घटनाको दलित मुक्ती मोर्चाद्वारा सत्यतथ्य छानविनको माग

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १९ गते आइतवार

दाङ :  नेपाल दलित मुक्ती मोर्चा दाङले तुलसीपुरमा पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेडको कारमा मृत भेटिएका ३ जना बालकहरुको घटनाको सत्यतथ्य छानविन गर्न माग गरेको छ । मोर्चाका जिल्ला संयोजक हिरालाल सुनार‘सारथी’ले आइतबार एक विज्ञप्ती जारी गर्दै माग गरेका हुन् । उनले यो पिडादायिक घटनाले सिङ्गो परिवार समाज र समुदायलाई आक्रोशीत र भाबुक बनाएको भन्दै दोषीलाई कडा कारबाही र पीडित पक्षलाई न्याय दिलाउन आग्रह गरेका छन् । तुलसीपुर ६ स्याउली बजार नजिकै शनिबार तुलसीपुर ६ बरुवागाउँ निवासी भिम बहादुर परियारका ९ बर्षीय छोरा सन्देश परियार , सोही ठाउँका सन्तोस परियारका ७ बर्षीय छोरा सुबर्ण परियार र किरण परियारका ६ बर्षीय छोरा करण परियार मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ । पार्किङ गरी राखेको आरजे ०१ सीसी ०८८५ नम्बरको कारमा उनीहरु मृत फेला परेका थिए । उनीहरु वैशाख १६ गतेदेखि हराएको परिवारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार