लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा पदबाट राजीनामा

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १९ गते आइतवार

बुटवल : लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथिको छलफल सुरु नहुँदै पोखरेलले लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव समक्ष राजीनामा दिएका हुन् । प्रदेश प्रमुख यादवले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई नै प्रदेश मन्त्रिपरिषदको कार्यभार सम्हाल्न तोकेका छन् । मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले पेस गरेको अविश्वास प्रस्तावमाथि प्रदेश सभामा आजबाट छलफल सुरू हुँदै थियो । पोखरेल २०७४ साल फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार