शान्तिनगरमा शनिवार थप ५ जनामा कोरोना पुष्टि

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार

दाङ : शान्तिनगर गाउँपालिकामा शनिवार थप ५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । यो संगै गाउँपालिकामा सक्रिय संक्रमितको संख्या २७ जना पुगेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरी पुनले जानकारी दिए ।
संक्रमितहरु मध्य २ जना पुरुष र १ जना महिलालाई धनौरी स्वास्थ्य चौकीको आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखिएको उनले जानकारी दिए । यस्तै, ३ जना कोरोना विशेष अस्पताल बेलझुण्डीमा र १ जना भेरी अस्पतालमा रहेको समेत उनको भनाइ छ । गाउँपालिकाले वडा नं .६ मा रहेको धनौरी स्वास्थ्य चौकीमा २० बेडको आइसोलेशन संचालन गरेको छ । उक्त आइसोलेशनमा अहिले ८ वटा अक्सिजन सिलिण्डर रहेको संयोजक पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार