दारी ग्याङ दाङद्धारा मास्क र सेनिटाइजर प्रदान

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार


तिलक डिसी
दाङ :  दारी ग्याङ दाङले ट्राफिक प्रहरी कार्यालय तुलसीपुरलाई कोरोना महामारीबाट बच्नको लागि मास्क, सेनिटाइजर प्रदान गरेको छ । शनिवार कार्यालयमा पुगेर दारी ग्याङ दाङका संयोजक सन्तोस भन्डारी (चरी), नारायण गौतम, मनिष गौतम र कृष्ण भण्डारीले संयुक्त रुपमा ट्राफिक प्रहरीलाई मास्क तथा सेनिटाइजर प्रदान गरेका थिए । पछिल्लो समय कोरोना महामारी बढिरहेको बेला आफ्नो ज्यान जोखिममा राखेर दिन रात सेवा गर्दै आइरहनु भएका ट्राफिक प्रहरीलाई आफुहरुले दिएको स्वास्थ्य सामाग्रीले केही राहत पुगोस् भनेर सहयोग गरेको संयोजक भण्डारीले बताए । दारी ग्याङले विगत देखि नै सामाजिक कार्य गर्दै आइरहेको र यसलाई निरन्तरता दिने समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार