बंगलाचुलीमा २० शैय्याको अस्थायी कोरोना अस्पताल स्थापना

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार

दाङ :  दाङको बंगलाचुली गाउँपालिकाले कोरोना माहामारीलाई मध्येनजर गर्दै २० शैय्याको अस्थायी कोरोना विशेष अस्पताल स्थापना गरेको छ ।गाउँपालिकाले वडा नं. ४ को झुलिडाँडामा अस्पताल स्थापना गरेको हो । गाउँपालिकाले स्थापना गरेको कोरोना अस्पतालमा कोरोनाका कारण थलिएका विरामीहरुलाई राखेर उपचार गरिने बंगलाचुली गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए ।यसैगरी गाउँपालीकाले कोरोना रोकथामका लागि २० लाखको कोरोना कोष स्थापना गरेको उनले जानकारी दिए ।

यसैबीच बंगलाचुली गाउँपालिकाले कोरोना अस्पताल वेलझुण्डीलाई १ लाख आर्थिक सहयोग दिने समेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिए । यसैबीच बंगलाचुली गाउँपालिकाले कोरोना संक्रमण दर दिनदिनै बढ्दै गएको र कतिपय अवस्थामा ज्यानै समेत गएको हुँदा स्वास्थ्य सुरक्षा अपनाउँदै कोरोनाबाट बच्न सबैलाई अनुरोध गरेको छ । गाउँपालिका अध्यक्ष भक्त बहादुर वली र प्रमुख प्रशासकीय अधिकृत वलीले अहिले कोरोनाको नयाँ भेरियन्ट सुरू भइसकेको हुँदा जिल्ला प्रशासन कार्यालय दाङले जारी गरेको मापदण्ड पालना गर्दै सबैलाई सुरक्षित हुन अनुरोध गरे ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार