तुलसीपुरमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार


दाङ : दाङमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १२ की ४६ बर्षीया महिला रहेको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङले जनाएको छ । उनको शनिवार विहान २ : १० बजे अस्पतालमा मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनी बैखाश ११ गतेदेखि अस्पतालमा आइसियुमा भर्ना भएकी थिइन् । उनलाई निमोनिया सगै कोरोना संक्रमण पुष्टि भएको ब्यवस्थापक वलीले जानकारी दिए । यो संगै अस्पतालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रवार अस्पतालमा ४२ जना कोरोना संक्रमितहरु रहेका थिए, भने ति मध्य ५ जना आइसियुमा उपचाररत थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार