बर्दियामा बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १८ गते शनिवार

बर्दिया :  बर्दियामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी थप गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले शुक्रबार साँझ डीसीसीएसीको सिफारिसमा जिल्ला सुरक्षा समितिले बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रशासनिक अधिकृत एवं सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए । जिल्लामा कोरोना पोजेटिभहरुको संख्या दिनानुदिन बढीरहेको र अवस्था भयावह हुन नदिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको समेत ढकालले बताए । विना कारण घर बाहिर ननिस्कन, घर बाहिर निस्कनै परे माक्स लगाएर मात्र निस्कन सर्वसाधारणलाई ढकालले अनुरोध गरे ।

छिमेकी जिल्ला बाँके, कैलाली र सिमावर्ती क्षेत्र भारतमा कोरोना पोजेटिभ दैनिक रुपमा बढ्दै गएपछि जिल्ला प्रशासनले बर्दिया प्रवेशमा समेत कडाइ गरेको छ। बर्दियामा शुक्रबारसम्म जम्मा संक्रमित संख्या ५ सय ९२ जना रहेको र सो मध्य गुलरिया नगरपालिकामा १ सय १८ , मधुवन नगरपालिकामा ६२, बासगढी नगरपालिकामा ६५, राजापुर नगरपालिकामा ६५ , बारबर्दिया नगरपालिकामा १ सय १४ , ठाकुरबाबा नगरपालिकामा ७१, बढैया गाउँपालिकामा ६७ र गेरुवा गाउँपालिकामा ३० कोरोना संक्रमित रहेको ढकालले जानकारी दिए । डीसीसीएमसी कै पछिल्लो निर्णय अनुसार बैशाख १३ गतेदेखि बैशाख २० गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार