दाङमा २२९ जना थपिए, २ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार


दाङ : दाङमा शुक्रवार २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २६९ जनाको पिसीआर परीक्षण गर्दा १८० जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । त्यस्तै नेशनल ल्याब बुटवलमा १ सय जनाको गरीएको परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानमा गरिएको परीक्षणमा घोराही उपमहानगरका ९२ जना, तुलसीपुर उपमहानगरका ६६ जना, लमही नगरपालिका ४ जना, र शान्तिनगर गाउँपालिकाका ४ जना, गढवा गाउँपालिकाका ३ जना, , राप्ती गाउँपालिकाका ३ जना, बबई गाउँपालिकाका ३ जना, दंगीशरण गाउँपालिकाका ३ जना र बंगलाचुली गाउँपालिकाका २ मा संक्रमण पुष्टि भएको केन्द्रका सुचना समन्वयकर्ता अजेन्द्र केसीले जानकारी दिए । उनका अनुसार बुटवलमा गरीएको परीक्षणमा तुलसीपुरका ३० जना, घोराहीका १७ जना, राप्तीका र लमहीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, शुक्रवार थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ५ का ३१ बर्षीय महिला र वडा नं. १२ की ७० बर्षीया महिलाको मृत्यु भएको उपमहानगरको कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । ति ३१ बर्षीया महिलाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । उनलाई बुधवार कोरोना पुष्टि भएको थियो । तुलसीपुरमा मात्रै कोरोना संक्रमणबाट हाल सम्म ३५ जनाको मृत्यु भइसकेको छ । यो संगै जिल्लामा हालसम्म मृत्यु हुनेको संख्या ७६ पुगेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १ हजार ३ सय ६६ रहेको छ । जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ४ हजार ५ सय १४ पुगेको छ । अहिले सम्म ३ हजार १ सय ६ जना निको भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जानकारी दिएको छ ।

           बेलझुण्डी बेडको अभाव ६ जनाको बरण्डामा उपचार
दाङमा दिनप्रतिदिन कोरोना संक्रमण र मृत्युदर पनि बढ्दै गइरहेको छ । जिल्लामा रहेको कोरोना विशेष अस्पतालमा बेडको अभावका कारण विरामीहरु भवन बाहिर उपचार गर्न बाध्य भएका छन् । अस्पतालमा अहिले ५ जना आइसीयुमा र ३८ जना एचडीयु बेडमा रहेको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । अस्पतालमा बेडको अभाव भएपछि अहिले ६ जनाले अस्पतालको बरण्डामा बसेर उपचार गराइरहेको उनको भनाइ छ । अस्पतालमा अहिले ५ वटा आइसीयु र ३० वटा एचडियु बेड छन् । उनका अनुसार घोराहीका ५ जना महिला र ८ जना पुरुष गरी १३ जना, तुलसीपुरका ८ महिला र १२ पुरुष गरी २० जना, दंगीशरण र शान्तिनगरका २÷२ जना, बबईका ३ जना, बंगलाचुलीका १ जना, गढवाका १ जना र बाहिरी जिल्लाका १ जना गरी ४३ जना उपचारमा रहेका छन् । त्यस्तै, हाल सम्म अस्पतालमा १३ जनाको उपचारको क्रममा मृत्यु भएको छ । आज मात्रै तुलसीपुर उपमहानगरपालिका १२ की ७० बर्षीया महिलाको अस्पतालमा ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको ब्यवस्थापक वलीले जानकारी दिए । हाल सम्म अस्पतालमा मृत्यु हुनेहरुमा घोराहीका ७ जना, तुलसीपुरका ४ जना, शान्तिनगरका १ जना र बाहिरी जिल्लाका १ जना रहेका छन् । साथै, शुक्रवार अस्पतालबाट ६ जना निको भएर डिस्चार्ज भएका छन् । तुलसीपुरका ३ जना, घोराहीका १ जना, बबईका १ जना र बाहिरी जिल्लाका १ जना हुन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार