नेपालमा ५७२७ जना कोरोना संक्रमित थपिँदा ३३ जनाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार

काठमाडौं  : नेपालमा दैनिक कोरोना संक्रमणको ग्राफ पाँच हजारमाथि पुगेको छ । पछिल्लो पटक थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार