बेलझुण्डीको कोरोना अस्पताललाई ६५ बेडको बनाइदै

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार


शरद रेग्मी,

दाङ :  दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको पहल कदमीमा बेलझुण्डीको कोरोना विशेष अस्पताललाई ६५ बेडको बनाउन शुरु गरिएको छ । जिल्लाका विभिन्न स्थानको अनुगमण र निरीक्षण गरेर फर्कने क्रममा बेलझुण्डी स्थित कोरोना अस्पतालमा पुगेर प्रजिअ पौडेलले त्यहाँको बस्तु स्थितिबारे जानकारी लिएका थिए । सो अबसरमा अस्पतालका ब्यबस्थापक दोर्ण वली र डाक्टर बिनोद सिंहले अक्सिजनको अभाब भएको भन्दै तत्काल बेड थप्न सम्भब नभएको बताएका थिए । अक्सिजनको ब्यबस्थापनका लागि आफुले सरोकारवालाहरुसगं निरन्तर छलफल जारी राखेको र बिरामीको चाप बढिरहेको भन्दै ६५ बेड सम्म ब्यबस्थापन गर्न छलफल गरे । सो अबसरमा जनशक्ति थप गर्ने प्रकृया आजै शुरु गर्न समेत ब्यबस्थापकलाई आग्रह गरे ।

भवन तथा थप गर्ने कोठाहरु ब्यबस्थापनका लागि नेपाली सेनाको टोली प्रजिअ पौडेलको निर्देशनमा बेलझुण्डी अस्पतालमा पुगि सकेको छ । लकडाउनको पहिलो दिन शुक्रबार प्रजिअ पौडेल सहितको सुरक्षाकर्मीहरुको टोली जिल्लाका विभिन्न अस्पताल र बिरामीहरुको अबस्था बुझ्न बिहानै देखि फिल्डमा खटिएको थिए । त्यस्तै प्रजिअ पौडेलले जिल्लाबासीलाई घर भित्रै बस्न अनुरोध गरेका छन् । केहि समस्या भए नजिकको प्रहरी वा आफुलाई तत्काल खबर गर्न समेत सबैलाई अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार