रोल्पामा चट्याङ लागेर ९ बर्षीय बालकको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार


दाङ :  रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा सुनछहरी गाउँपालिका ७ निवासी आषा पुनका ९ बर्षीय छोरा अबिषेक पुनको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । बिहीवार दिउँसो करिब ३ बजेतिर चट्याङ लागी पुन घाइते भएका थिए । उनलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र सुलिचौर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार