रुकुम पश्चिममा कोरोना संक्रमित पुरुषको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार

रुकुम : रुकुम पश्चिममा कोेरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचारका लागि भर्ना भएका ६० वर्षीय पुरुषको बिहीबार राति साढे १२ बजे मृत्यु भएको हो। ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। उनलाई केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो। समस्या बढ्दै गएपछि अस्पताल ल्याइएको थियो। जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। ती पुरुषसँगै पछिल्लो कोरोना महामारीको दोस्रो लहर आएपछि रुकुम पश्चिममा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ। यसअघि वैशाख ६ मा ४० वर्षीया महिलाको कोरोना संक्रमणकै कारण जिल्ला अस्पतालकै आइसोलेसनमा मृत्यु भएको थियो। दोस्रो चरणको कोरोना सुरु भएयता रुकुम पश्चिममा ९६ जनामा संक्रमण पुष्टि भएको कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। गत वर्ष र यो वर्ष गरी ३५८ जनामा कोरोना संक्रमण भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार