नेपाललाई त्रिकोणात्मक सिरिजको उपाधि

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ११ गते शनिवार

 

काठमाडौं  : नेपालले त्रिकोणात्मक टि–२० सिरिजको उपाधि जितेको छ । कीर्तिपुर त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्ड्सलाई १ सय ४२ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो ।नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । करण केसीले ३ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । कमलसिंह ऐरीले २ र अभिनाश बोहराले १ विकेट लिए । नेपालले पहिलो पटक टी-ट्वान्टी प्रतियोगिताको उपाधि जितेको छ । नेपालले ११ वर्षपछि घरेलु मैदानमा उपाधि जितेको हो । नेपालले यसअघि सन् २०१० मा आईसीसी डिभिजन-५ को उपाधि जितेको थियो ।

सअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २३८ बनायो ।ओपनर कुशल भुर्तेलले पाचौं म्याचमा चौंथो अर्धसतक प्रहार गरे । ७७ रन बनाएका उनले ५३ बलको सामना गर्दै ३ छक्का र ८ चौका प्रहार गरेका थिए ।कुशल मल्ल २४ बलमा ५० रन बनाउँदै अविजित रहे । उनले ५ छक्का र २ चौका प्रहार गरे । दिपेन्द्र सिंह ऐरीले ४८ रन बनाए । १८ बल खेलेका उनले ३ छक्का र ५ चौका हान्दै नटआउट रहे । टी–२० अन्तर्राष्ट्रियमा नेपालको यो अहिलेसम्मकै उच्च स्कोर हो । यसअघि नेपालले सन् २०१९ मा १३औं सागमा भुटानविरुद्ध २३६ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार