बबई चेम्बरद्धारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १० गते शुक्रवार

दाङ :  पछिल्लो सयम बबई गाउँपालिकामा पनि कोरोना संक्रमण बढ्दै गएपछि बबई चेम्बर अफ कमर्सले ब्यवसायी तथा नागरिकहरुलाई जनस्वास्थ्य मापदण्ड पालना गरी सेवा लिन र दिनको लागि आग्रह गरेको छ । कमर्सले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै बबई गाउँपालिकाम दोस्रो चरणको कोभिड १९ अत्याधिक रुपमा फैलिएको कारणले सजक र सचेत रहन कमर्सका अध्यक्ष युवराज कडेल र सचिव रेशम विकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यस्तै ,ब्यवसायीहरुलाई सामाजिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरी ब्यापार ब्यवसाय संचालन गर्न समेत अनुरोध गरिएको छ । साथै, विज्ञप्तीमा फोहर ब्यवस्थापन गर्नको लागि शनिवार गाडी आउने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार