मलेसियाविरुद्ध नेपालको सानदार जित

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ९ गते बिहिवार

काठमाडौं :  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरिसकेको नेपाल समूह विजेता बन्न सफल भएको छ । टियु क्रिकेट मैदानमा आज भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मलेसिया १९ ओभर १ बलमा अलआउट हुँदै १ सय ४८ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २ सय १७ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले १६, कप्तान ज्ञानेन्द्र मल्लले ४१, आसिफ सेखले ४२, उपकप्तान दिपेन्द्र सिंह ऐरीले ३३ रन जोडे । त्यस्तै करण केसीले १३ बलमा ७ छक्का प्रहार गर्दै ४५ र कुशल मल्लले अविजित १९ रन जोडे । मलेसियाका लागि अनवर रहमान, फित्री शाम र साद अजिजले समान दुई–दुई र मोहम्मद आफिकले एक विकेट लिए । अब नेपालले फाइनलमा नेदरल्यान्ड्ससँग शनिवार प्रतिस्पर्धा गर्नेछ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार