स्वास्थ प्रणालीले थेग्नै नसक्ने संक्रमण फैलिरहेको मन्त्रालयको भनाइ, २२ जिल्लाको अवस्था डरलाग्दो

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १७ गते शुक्रवार

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ्य देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने दर डरलाग्दो भएको जनाएको । मन्त्रालयले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ । अहिले कोभिड संक्रमण तीव्र भएकाले अस्पतालमा राखेर उपचार गर्न सक्ने अवस्था नरहेको पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार