दाङ : तुलसीपुरमा बिहीवार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ९१ जनाको पीसीआर परीक्षण गर्दा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । उनका अनुसार नेशनल ल्याब बुटवलमा गरीएको परीक्षणमा २३ जना र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ५३ जनाको गरिएको एन्टिजेन परीक्षण २७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, बिहीवार कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर ६ की ५२ बर्षीया महिला र तुलसीपुर ११ का ६२ बर्षीय पुरुषको मृत्यु भएको फोकल पर्सन केसीले जानकारी दिए ।