तुलसीपुरमा कोरोना संक्रमणबाट थप ३ को मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १४ गते मङ्गलवार


दाङ : तुलसीपुरमा मंगलवार थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पताल नेपालगञ्जमा २ जना र तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा १ जनाको मृत्यु भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । केसीका अनुसार मृत्यु हुने तुलसीपुर ६ की ३७ बर्षीया महिला र तुलसीपुर ६ का ३१ बर्षीय पुरुष र तुलसीपुर ५ का २८ बर्षीय पुरुषको मृत्यु भएको हो । वडा नं. ६ का ३१ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मंगलबार बेलुका साढे ६ बजे मृत्यु भएको हो । ती पुरुष बैशाख १२ गते भेरी अस्पतालमा भर्ना भएका थिए । त्यस्तै तुलसीपुर ७ की ३७ बर्षीया महिलाको भेरी अस्पतालमै बेलुकी ७ बजे मृत्यु भएको छ । ती महिला बैशाख ४ गते भर्ना भएकी थिइन् । त्यस्तै, तुलसीपुर ५ का एक २८ बर्षीय पुरुषको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

उनको मंगलवार विहान करिब २ तिर मृत्युु भएको फोकल पर्सन केसीले जानकारी दिए । ति पुरुषलाई ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समस्या देखिएपछि अस्पतालमा राती उपचार गर्न आएका थिए । साथै उनको सोमबार पिसीआर परीक्षणका स्वाब संकलन गरेका थिए । उनको रिपोर्ट मंगलवार दिउँसो आएको र कोरोना पुष्टि भएको केसीले बताए । यो संगै तुलसीपुरमा हाल सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको फोकल पर्सनक केसीले जानकारी दिए । तुलसीपुर उपमहानगरमा आज मात्रै ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो संगै तुलसीपुर सक्रिय संक्रमितको संख्या ४०२ पुगेको छ । केसीका अनुसार हाल सम्म कोरोना संक्रमित १२६९ पुगेको र ति मध्य ८५७ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार