दाङमा यहि बैशाख १७ देखि २५ गते सम्म लकडाउन

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १४ गते मङ्गलवार


दाङ :  दाङमा यहि बैशाख १७ गतेदेखि २५ गते सम्म लकडाउनको घोषणा गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा घोराहीमा बसेको सरोकारवालाहरुको बैठकले दाङमा ९ दिन लकडाउन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेले जानकारी दिए । बैठकले यहि बैशाख १७ गते विहान ६ बजेदेखी २५ गते बेलुकी ६ बजे सम्म जिल्लाव्यापी लकडाउन गर्ने निर्णय गरेको हो । खाद्यन्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्ने छन् । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात संचालनमा रोक लगाइएको छ । यस्तैगरी बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डी अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १ सय वेडको बनाउने निर्णय गरेको छ । यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आइसोलेशन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय भएको छ ।

यता तुलसीपुर उपमहानगरपालिकाका ५ वटा शाखाबाट प्रदान हुने सेवा बन्द हुने भएका छन् । सम्वन्धित शाखामा कार्यरत केहि कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान हुदै आएका आर्थिक प्रशासन शाखा, भुमी व्यवस्था शाखा, वातावरण तथा हरियाली प्रर्वद्धन शाखा, भवन अनुमती तथा मापदण्ड कार्यान्वयन शाखा र नाप नक्सा इकाइ शाखा बन्द हुने भएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भाष्करराज गौतमले जानकारी दिए । मगंलबार एक सुचना जारी गरी अत्यावश्यक बाहेकका अन्य सबै कामकाज आगामी शुक्रबार सम्म बन्द रहने जानकारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार