दाङ : दाङ थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका १५ निवासी ५७ वर्षीय पुरुषको आइतबार बिहान सवा ११ बजेको समयमा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए । उनलाई यही बैशाख २ गते कोरोना पुष्टि भएको थियो । सोही दिनदेखी उनी आइसियु कक्षमा भर्ना भएका थिए । वलीका अनुसार उनलाई निमोनिया समेत देखिएको थियो । यससगैं बेलझुण्डी अस्पतालमा हाल सम्म ११ जनाको कोरोनाका कारण भएको छ ।
अनलाइन राप्तिको युटुब च्यानल (Online Rapti) सब्सक्राइब गर्नुहोस् । हामी वास्तवीक, जानकारीमूलक र रोचक भिडियोहरु राख्ने गर्छौ ।
प्रतिक्रिया दिनुहोस