नवलपरासी पश्चिमबाट पेस्तोल सहित एक जना प्रहरी नियन्त्रणमा

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ६ गते सोमवार


दाङ : नवलपरासी पश्चिमबाट प्रहरीले एक जनालाई पेस्तोल सहित नियन्त्रणमा गरेको छ । पक्राउ पर्नेमा नवलपरासी सुस्ता गाउँपालिका ५ तरेनीका २२ बर्षीय सुनिल भेडियार पाल रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । उनलाई आइतवार करिब साढे ४ बजेतिर सुस्ता गाउँपालिका ५ रामनगर (४ नं. ठोक्कर) स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको पेस्तोल सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । भेडियार पाल युपी ५७ एजेट ५०१९ नम्बरको आउँदै गर्दा प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्ने क्रममा टाइप–५४ जस्तो देखिने पेस्तोल म्याग्जिन सहित थान–१, गोली १ थान, राउण्ड च्याम्बरमा लोड गरी लुकाइ राखेको अवस्थामा फेलापारी प्रहरीले फेला पारेको जनाएको छ । उनलाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम पठाइएको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार