दाङ : तुलसीपुरमा बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरीएको पीसीआर रिपोर्ट अनुसार ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए । संक्रमित हुनेहरुमा वडा नं. १४ का ८० बर्षीय र वडा नं. ६ का २६ बर्षीय पुरुष रहेको उनले जानकारी दिए । त्यस्तै, नेशनल प्याथ ल्याव वुटवलको पिसिआर रिपोर्ट अनुसार वडा नं ४ र ५ का ४० र ३० बर्षीय पुरुषलाई कोरोना पुष्टि भएको हो । बिहीबार नै तुलसीपुरमा गरिएको कोभिड एन्टिजिन टेष्टमा वडा नं. ६ की २१ बर्षीया महिला र २७ बर्षीय पुरुषमा कोभिड पोजेटिभ देखिएको फोकल पर्सन केसीले जानकारी दिए । यो संगै तुलसीपुरमा कोरोना सकृय संक्रमित संख्या २९ पुगेको छ । जसमा ७ जना नेपालगन्ज भेरी आइसोलेशनमा , ८ जना बेलझुण्डी आइसोलेशनमा उपचारार्थ रहेका छन् ,भने १ जना होटलमा , १३ जना होम आइसोलेशनमा रहेका छन् ।
त्यस्तै बिहीबार कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं. ७ की ५५ बर्षीया महिला रहेको केसीले जानकारी दिए । ति महिलाको कोरोना विशेष अस्पताल बेलझुण्डीमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनी चैत्र २४ गते अस्पतालमा भर्ना भएकी थिइन् । यो संगै तुलसीपुरमा कोरोना संक्रमित भइ मृत्यु हुने संख्या २४ जना पुगेको छ । हाल सम्म तुलसीपुरमा जम्मा कोरोना संक्रमित संख्या ८७९ जना पुगेको छ ,भने निको हुने संख्या डद्दट ८२६ छ । त्यस्तै फोकल पर्सन केसीले सबैलाई सतर्कता र सावधानी अपनाउन आग्रह गरेका छन् । उनले भिडभाड हुने सबै स्थानलाई केही दिनका लागि बन्द गर्न समेत सुझाव दिएका छन् ।