दाङ : बाँकेमा रेडपाण्डाका छाला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा सुनछहरी गाउँपालिका १ बस्ने ३२ बर्षीय खिमान सिंङ रोका मगर, सोही ठाउँका १९ बर्षीय दितेश रोका मगर ४५ बर्षीय धन बहादुर रोका मगर र ३१ बर्षीये बिष्णु रोका रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । विहिवार राती करिब साढे ९ बजे तिर बाँके कोहलपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको प्रहरीको टोलीले कोहलपुर ११ बसपार्क स्थित लाली गुरास होटलको कोठामा बसेको उनीहरुलाई चेकजाँच गर्ने क्रममा २ वटा रेडपाण्डाको छाला फेला पारेपछि उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।