दाङ : नेपाल पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि भएको चुनावको मतदान सकिएको छ । नेपाल पत्रकार महासंघ दाङमा २७७ मतदाता रहेका पत्रकार मध्ये २६३ जनाले मतदान गरेका छन् । मतदान सकिएपनि भोली विहान ८ बजे मात्र मत जणना सुरु हुने निर्वाचन समितले जनाएको छ । पत्रकार महासंघ दाङको पहिलो मतदान केन्द्रिय अध्यक्षका उम्मेद्धार विपुल पोख्रेलले गरेका थिए । निवार्चनमा मतदाताहरुको उत्साजनक सहभागिता रहेको निवार्चन समितीले बताएको छ । निवार्चन विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भएका थियो । दाङका नेतृत्वका लागि २ समुह चुनावी मैदानमा उत्रिएका छन् । प्रेस चौतारीबाट दुर्गालाल केसी र प्रेस सेन्टरबाट लक्ष्मी आचार्यबीच कडा प्रतिस्पर्धा रहेको छ ।