पत्रकार महासंघ दाङको अध्यक्षमा आचार्य र केसी भिड्दै

आज उम्मेदवारी दर्ता, २१ सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी
Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र २२ गते आइतवार

दाङ :  नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि २ वटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह र प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्वमा पत्रकारहरु चुनावी मैदानमा उत्रिएका हुन् । २१ सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । संयुक्त गठबन्धनको उपाध्यक्षमा सन्तोष सुबेदी र बसुन्धरा गौतम, सचिबमा आरके सीतल, सह–सचिबमा राकेश बस्नेत तथा देवि भण्डारी र कोषाध्यक्ष शरद रेग्मीको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै, सदस्यहरुमा सन्तोष केसी, प्रेम तिवारी, अन्जना चौधरी, यमकला भुसाल, सरीता चौधरी, शिबराज खनाल, दुःखहरण यादब, कुलदिप न्यौपाने, गिरीराज नेपाली, जीवन नेपाली, दिपक बोहरा, उदय बिसी र बिबेक खड्काको उम्मेदवारी परेको छ ।

यता प्रेस चौतारीको प्यानलबाट उपाध्यक्षमा ओपेन्द्र बस्नेत र रन्जीता शर्मा, सचिवमा गोकर्ण पौडेल, सह –सचिवमा दिप्तीशिखा चौधरी र दशरथ घिमिरे, कोषाध्यक्षमा प्रेम बिबस घर्तीको उम्मेदवारी दर्ता भएको छ । सदस्यहरुमा मिना बिश्वकर्मा, लक्ष्मण बिश्वकर्मा, नविनकुमार चौधरी, सन्तोषकुमार गुप्ता, शिब घर्ती, ऋषि यादब, एकराज भण्डारी, कमल ओली, विष्णु आर्ट, माधब कँडेल, दिपक जिएम, लक्ष्मण बस्नेत, शुनिलकुमार पोख्रेलको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट आभाष बुढाथोकीले सदस्यमा उम्मेदवारी दिएका छन् ।त्यसैगरी ७ जना राष्ट्रिय परिषद सदस्यमा १४ जना र १७ जना प्रदेश परिषद् सदस्यमा ३४ जनाको उम्मेदवारी परेको छ । पत्रकार महासंघ दाङको नयाँ नेतृत्वका लागि यही चैत्र २५ गते निर्बाचन हुने छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार