दाङ : नेपाल पत्रकार महासंघ दाङको आसन्न निर्वाचनका लागि प्रेस संगठन र प्रेस युनियनले लक्ष्मी आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । यही चैत्र २५ गते हुने पत्रकार महासंघ दाङको निर्वाचनमा अध्यक्ष पदमा दुई संगठनले आचार्यलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । आचार्य महासंघ दाङको पूर्व उपाध्यक्ष हुन् । नयाँ युगबोध राष्ट्रिय दैनिकको सम्पादक रहेकी आचार्यलाई केन्द्रको तालमेल अनुसार दुई संगठनले अध्यक्षको उम्मेदवार बनाएको हो । अब अध्यक्ष पदमा आचार्य र प्रेस चौतारीका उम्मेदवार दुर्गालाल केसी विच प्रतिस्पर्धा हुने छ । चुनाबका लागि आइतवार उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।।