जसपाद्धारा लुम्बिनी प्रदेशका नवनियुक्त चार मन्त्रीलाई २४ घण्टे स्पस्टिकरण

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ६ गते सोमवार

 

दाङ  : पार्टीको निर्णय विपरीत लुम्बिनी प्रदेशमा मन्त्री पदको सपथ लिएका चार जना सांसदलाई जनता समाजवादी पार्टी (जसपा)ले २४ घण्टे स्पष्टीकरण सोधेको छ।जसपाको लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोककुमार यादवले सोमबार विज्ञप्ति जारी गर्दै नवनियुक्त मन्त्रीहरूलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका छन्।मन्त्रीहरू विजयबहादुर यादव, सन्तोष पाण्डे, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साललाई २४ घण्टे स्पस्टिकरण सोध्ने र यथाशिघ्र सरकारबाट फिर्ता हुन निर्देशन दिने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ। स्पस्टिकरणको चित्तबुझ्दो जवाफ नआउँदा सम्मका लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएकोसमेत विज्ञप्तिमा जनाइएको छ। साथै स्पस्टिकरणको चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट निलम्बन गर्न सम्पूर्ण कानुनी प्रक्रिया अबलम्वन गरिने पनि जनाइएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार