दाङ निर्वाचन क्षेत्र नं. ३ को इञ्चार्जमा रावत चयन

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ६ गते सोमवार

दाङ :  नेपाल कम्युनिष्ट पार्टी एमाले दाङ निर्वाचन क्षेत्र नम्बर ३ को इञ्चार्जमा मान बहादुर रावत चयन भएका छन् । आइतवार एमाले जिल्ला कमिटी दाङ्गको छैटौं पुर्ण बैठकले रावतलाई इञ्चार्जको जिम्मेवारी दिएको हो । रावत यस अघि पनि विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका छन् । रावत पार्टीको लुम्बिनी प्रदेश कमिटि सदस्य पनि हुन् । जिल्लाको सबै क्षेत्रको जिम्मेवारी बाडफाड गर्ने क्रममा क्षेत्र नम्बर १ को इञ्चार्जमा नारायण डाँगी छम्पाली, २ नम्बर क्षेत्रको इञ्चार्जमा विबेक श्रेष्ठ चयन भएका छन् । जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतको अध्यक्षता तथा केन्द्रीय कमिटीका सदस्य तथा लुम्बिनी प्रदेस कमिटीका सचीव खेममान खड्काको प्रमुख आतिथ्यमा बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार