घोराहीबाट झण्डै २ लाख नगद सहित ५ जना जुवाडे पक्राउ

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ६ गते सोमवार

दाङ :  घोराहीबाट  प्रहरीले झण्डै २ लाख नगद सहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ  । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १५ का २७ बर्षीय खगेन्द्र सापकोटा, घोराही १४ का ४३ बर्षीय बालाराम खड्का, सोहि ठाउँका २४ बर्षीय मरिजमान खड्का र ३५ बर्षीय चन्द्र बुढा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।  आइतवार साँझ करिब सवा ७ बजेतिर घोराही १५ बालमन्दिर टोल स्थित झुपल केसीको घरमा जुवा खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा जिप्रका दाङबाट गएको प्रहरी टोलीले उनीहरुलाई  जुवा खेलीरहेको अवस्थामा नगद १ लाख ८० हजार रुपैयाँ सहित ५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । साथै प्रहरीले विभिन्न रकमहरु उल्लेख भएका विभिन्न बैङ्कहरुका ७ थान चेकहरु लगाएत जुवा खेल्न प्रयोग भएको एक थान गलैचा र ३ गड्डी तास फेला पारेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार