शहरी क्षेत्रको विद्यालय बन्द गर्ने सरकारको निर्णय

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ६ गते सोमवार

काठमाडौं : बढ्दो कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि शहरी क्षेत्रका विद्यालय बन्द हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको शनिबार बसेको बैठकले शहरी क्षेत्रका विद्यालयहरु बैशाख मशान्तसम्म बन्द गर्न सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार आजको मन्त्रिपरिषद् बैठकले कोरोना सम्बन्धी नयाँ आदेश पारित गर्दै शहरी क्षेत्रको विद्यालयमा भौतिक कक्षा बन्द गर्ने निर्णय गरेको हो । सो सिफारिस अनुसार विद्यालयहरुले भर्चुअल कक्षा भने सञ्चालन गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार