दाङ पनि कोरोनाको अति जोखिम जिल्ला, स्थानियतह र प्रशासनले तयारी गर्दै

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ४ गते शनिवार

 

विकास डाँगी,
दाङ : स्वास्थ्य मन्त्रालयले दाङ सहित १४ वटा जिल्लालाई कोरोना अति प्रभावितको जिल्लाको सूचीमा राखेको छ । दाङ पनि भारतसंग सिमाना जोडिएको जिल्ला भएको र जिल्लामा धेरै चहल पहल हुने भएकाले पनि यहाँ स्वास्थ्यकर्मीहरु पनि भयावहको स्थित हुन सक्ने भन्दै चिन्तित भएको पाइन्छ । पछिल्लो समय जिल्लामा नागरिकहरुले स्वास्थ्य मापदण्ड नअपनाएको स्वास्थ्यकर्मीहरुको भनाइ छ । पहिलेको तुलनामा अहिले कोरोनाको विकराल अवस्थामा जान सक्ने तुलसीपुर उपमहानगरपालिकाका कोभिड १९ फोकल पर्सन विमल केसीले बताए । बिहीवार कोरोना संक्रमणका कारण तुलसीपुरकी एक महिलाको मृत्यु भयो, भने थप ६ जना नयाँ कोरोना संक्रमति थपिए । तुलसीपुरमा हाल सम्म २४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ, भने ८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सक्रिय संक्रमितको संख्या ३८ रहेको फोकल पर्सन केसीले बताए । उपमहानगरमा भारतबाट आएका ब्यक्तिहरुको नेपालगंजमा चेकजाँच भएर नेगेटिभ रिपोर्ट आउनेहरुलाई कम्तिमा १० दिन सम्म घर मै होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको उनले बताए । त्यस्तै, उनले कोरोना संक्रमण बढ्दै गएमा स्वास्थ्य डेक्स स्थापना गरेर शंकास्पथ तथा बाहिरबाट आएकालाई चेकजाँच गर्ने योजना बनाएको समेत बताए । उनले भने,‘ यदि आइसोलेशन अस्पताल भरिएमा साधारण लक्षण भएका र नभएका राख्न आइसोलेशन सेन्टर निर्माण गर्न तयारीमा छौँ । अहिले त त्यस्तो अवस्था छैन् । तर, स्वास्थ्य मापदण्ड पालना नगरी लापरबाही गरेमा केहि भन्ने सकिदैन् । ’स्वास्थ्य मन्त्रालयले अति दाङलाई अति जोखिम जिल्लामा घोषणा गरिसकेको छ । तर, सबैले स्वास्थ्य मापदण्ड पालना गरे डराउनु पर्ने अवस्था रहदैन् । सबैले लापरबाही गरेमा सबै क्षेत्र बन्द गर्नुपर्ने पनि अवस्था आउन सक्ने उनको भनाइ छ ।

‘ शुरुमा कोरोना भन्ने वित्तिकै मानिसहरुमा डर त्रास थियो,’ उनले थपे,‘ अहिले केही मानिसहरुले रोग लागे पनि पचाइसकेको अवस्था छ । केहीलाई धेरै समस्या भएर अस्पतालमा भर्ना गर्नु पर्ने अवस्था पनि रहेको छ । अहिले सबै भन्दा बढि लापरबाही हुने क्षेत्र गाडीहरु, धेरै भिडभाड हुने सरकारी कार्यालयहरुमा छ । एक सय जनामा आधाले मात्र मास्क लगाएको पाइन्छ ।’कोरोना संक्रमणको कारण देशमा लकडाउन गरिएको १ बर्ष बढि हुदैँ गर्दा नेपालमा फेरी संक्रमणले तिब्र रुप लिइरहेको छ । जसले गर्दा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तयारी थालिएको छ । त्यस्तै घोराही उपमहानगरपालिकाले पनि भारतबाट मानिसहरु धेरै आउन थालेमा र कोरोनाले विकराल रुप लिन थालेपछि पहिलेको जस्तै क्वारेन्टाइन, आइसोलेशन बनाउन तयारीमा रहेको उपमहानगरका प्रवक्ता भरतमणी अर्यालले बताए । ‘ अहिले नेपालमा कोरोना संक्रमण दर बढि रहेको छ । घोराही उपमहानगरपालिकाले स्वास्थ्य कार्यालयसंग सल्लाह गरेर दाङ छिर्ने नाकामा स्वास्थ्य डेक्स स्थापना गर्ने योजना बनाएको उनको भनाइ छ । त्यस्तै, संक्रमितको दर बढ्दै गएमा विद्यालयहरु बन्द गरेभएपनि क्वारेन्टाइन र घोराही १० को अमराइमा आइसोलेशन बनाउने हामी तयारीमा छौँ । ’ यता स्वास्थ्य कार्यालय दाङले संघीय तथा प्रदेश सरकारको कार्यक्रम अनुसार कोरोना परीक्षण देखि सचेतना मुलक कार्यक्रम बढाइएको कमल स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले बताए । उनका अनुसार गढवाको कोइलाबास नाकामा स्वास्थ्य डेक्स स्थापना गरिएको छ । उक्त नाकाबाट दैनिक २०/३० जना ब्यक्तिहरु ओहर दोहर गर्ने गर्दछन् । अ

हिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको परीक्षण भइरहेको र पालिकाहरुमा समेत कोरोना रोकथाम र बाहिरबाट आएकालाई ब्यवस्थापन गर्नको लागि तयारी भइहरेको उनले बताए । त्यस्तै शान्तिनगर गाउँपालिका पनि कोरोना रोकथाम र नियन्त्रणको लागि तयारी अवस्थामा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक हरी बहादुर पुनले बताए । उनले पछिल्लो समय कोरोनाको कहर बढ्दै गएको अवस्थामा गाउँपालिका स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेको भन्दै पहिले कै संरचनाहरु रहेको समेत बताए । उनले यदि कोरोनाले संक्रमण बढ्दै गएमा क्वारेन्टाइन बनाउनको लागि विद्यालय बन्द र लडकडानको विकल्प नरहेको समेत बताए । ‘ अहिले खासै कोरोना संक्रिमत छैन्,’ उनले भने,‘ यदि कोरोना संक्रमण बढ्दै गएमा उनीहरुको अवस्था हेरेर कहाँ राख्ने भन्ने हुन्छ । धेरै जटिल भए कोरोना अस्पतालमा राख्नु पर्ने होला । अन्यलाई क्वारेन्टाइनमा राख्नको लागि गाउँपालिकामा विद्यालय बन्द गर्नु पर्ने हुन्छ । साथै, नियन्त्रण गर्नको लागि लकडान नगरे त्या सम्भव हुदैन् । ’

जिल्लामा पनि बिगतमा भन्दा अहिले संक्रमणले विकराल अवस्था आउने भन्दै जिल्ला प्रशासन कार्यालय दाङले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आम नागरिकमा अपिल गर्दै संक्रमणले आक्रामक अबस्था नल्याओस भन्दै आन्तरीक तयारी थालेको दाङका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए । उनले भने,‘ जिल्लामा पछिल्लो समय कोरोना संक्रमितहरु भेटिएका थिएनन् । अहिले करिब एक हप्ता अगाडी देखि केहीमा कोरोना पुष्टि भएको छ । यो अवस्था देखिएपछि हामीले सजक रहन डिसीसीएमसीको बैठक बसेर विभिन्न माध्यमबाट सूचना प्रवाह गरेका छौँ ।’ अहिले जिल्लाको कोइलाबास नाकामा स्वास्थ्य हेल्प डेक्स निर्माण गरेर भारतबाट कोइलाबास नाका आउनेको समान्य स्वास्थ्य चेकजाँच गर्दै आइरहेको र यदि कसैलाई शंका लागेमा सम्बन्धित अस्पतालमा पठाउने गरेको समेत उनले बताए । त्यस्तै उनले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा कडाइ गरेको समेत बताए । साथै, जिल्लामा स्वास्थ्य मन्त्रालयले भने बमोजिमको स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको र कुनै पनि ठाउँमा भिडभाड गर्न नदिने, २५ जना भन्दा बढि भिडभाड गर्न नदिने निर्णयहरु भएको समेत प्रजिअ पौडेलले बताए । उनका अनुसार जिल्लाका १० वटै पालिकाहरुलाई आ–आफ्ना ठाउँका आइसोलेशन, क्वारेन्टाइनहरु तयारी अवस्थामा राख्न समेत आग्रह गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार