सर्वदलीय बैठक बालुवाटारमा जारी, माओवादी सहभागी भएन

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख ४ गते शनिवार

काठमाडौँ :  प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ । समसामयिक, राजनीतिक विषयमा छलफल गर्नका लागि बाेलाइएकाे उक्त बैठकमा नेकपा माओवादी केन्द्र सहभागी छैन ।बैठकमा सत्तारूढ नेकपा (एमाले), प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी लगायत सहभागी रहेकाे हुने छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरू बैठकमा उपस्थित भएकाे जनाइएकाे छ ।

मसामयिक राजनीतिक परिस्थितका साथै, संसद् अधिवेशन र पुनः बढ्न थालेकाे कोरोना भाइरस महामारीलगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई प्रधानमन्त्रीद्वारा बाेलाहट भएको थियाे । उल्लिखित विषयबारे प्रधानमन्त्रीले दलहरूको सुझाव लिनु हुने बताइएकाे छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार