कोरोना संक्रमणबाट तुलसीपुरकी एक महिलाको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख २ गते बिहिवार


दाङ : दाङमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ । कोरोना अस्पताल बेलझुण्डीमा उपचारका क्रममा तुलसीपुर उपमहानगरपालिका ७ निवासी ५५ बर्षीया महिलाको मृत्यु भएको अस्पतालका ब्यवस्थापक दोर्ण वलीले जानकारी दिए । ति महिलाको करिब बिहिवार दिउँसो करिब पौने ४ बजेतिर मृत्यु भएको उनले जानकारी दिए । उनलाई गत चैत्र २३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा कोरोना परीक्षण गर्दा पुष्टि भएको थियो । उनी चैत्र २४ गते अस्पतालमा भर्ना भएको र आइसीयुमा उपचार हुदै गर्दा मृत्यु भएको ब्यवस्थापन वलीले जानकारी दिए । अहिले अस्पतालमा घोराही र तुलसीपुरका गरी १९ जना कोरोना संक्रमितहरु रहेको र ति मध्य ५ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको उनले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार