घोराही उपमहानगरले पैसा दिदैँ फोहोर लिदैँ

Author Logo..
अनलाइन राप्ती २०७८ बैशाख १ गते बुधवार


दाङ : दाङको घोराही उपमहानगरपालिकाले फोहोरलाई मोहरमा बदल्ने शुरु गरेको छ । नयाँ बर्षको २०७८ को सुभारम्भ सँगै उपमहानगरले नगल्ने फोहोरलाई मोहरमा बदल्ने अभियानको थालनी गरेको हो । यो सँगै उपमहानगरले गल्नेबाट ग्यास र नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने कार्यक्रमको सुरुवात गरेको हो । यो अभियानले संगै उपमहानगरलाई पूर्ण सरसफाई युक्त नगर बनाउने अभियानको थालनी गरेको उपमहानगरले जनाएको छ । त्यस्तै गल्ने फोहोरबाट ग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको समेत उपमहानगरले जनाएको छ । उपमहानगरले प्लाष्टिक, गत्ता, कपडा लगाएतका फोहोर खरिद गर्न थालेको हो । उपमहानगरको सरसफाई व्यवस्थापन शाखाले बुधवार घोराहीको नयाँ बसपार्कमा आयोजना गरेको कार्यक्रममा मेयर नरुलाल चौधरीले नगल्ने फोहोर खरिद गर्ने अभियानको सुरुवात गरे ।

उमहानगरले पानीको बोतल प्रतिकिलो १० रुपैयाँ, सुर्तीजन्य बस्तुका खोल २ रुपैयाँ, कपडाका टुक्रा ५ रुपैयाँ र गत्ता तथा कार्टुनलाई १० देखी २० रुपैयाँ सम्म प्रतिकिलो खरिद गर्ने निणर्य भएको जनाएको छ । गल्ने र नगल्ने फोहोरलाई पैसामा बदल्ने र पूर्ण सरसफाई युक्त नगर बनाउने योजना रहेको मेयर चौधरीले बताए । नागरिकहरुबाट फोहोर लिने र नगरले पैसा दिने गरि पूर्ण सरसफाई अभियानलाई अघि बढाइएको उनले बताए । साथै, यो आभियानको लागि उपमहानगरले ३ जना सफाइ स्वयंसेवक समेत परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार