दाङमा म्यानमार घटनाको विरोधमा आँखामा कालोपट्टी बाधेर प्रर्दशन (फोटो र भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र २६ गते बिहिवार


दाङ : दाङमा मानव अधिकार तथा शान्ति समाजले आँखामा कालोपट्टी बाधेर विरोध प्रर्दशन गरेको छ । म्यानमारका नागरिकहरुको जीवन रक्षा, शान्ति सुरक्षा र लोकतन्त्र बहालीमा माग गर्दै दाङको तुलसीपुरको वीपी चोकमा आखाँमा कालोपट्टी बाधेर बुधवार साँझ विरोध प्रर्दशन गरेको समाजका दाङ शाखाका सभापति तुल्सीराम सुनारले जानकारी दिए । कार्यक्रममा बोल्दै समाजका उपसभापति सुशील बस्नेतले म्यानमारको सेनाले देशका नागरिकहरुलाई गोली हान्न भन्दा पनि देशमो सिमाको रक्षाको लागि हतियार प्रयोग गर्न आग्रह गरे । उनले सत्ता संचालन गर्नको लागि त्यहाँका नागरिक,राजनितिक दललाई दिन समेत आग्रह गरे । कुनै पनि नागरिकहरुलाई बाच्न पाउँने अधिकारबाट कुष्ठित गर्ने नगरोस्,’ उनले भने,‘ हामीले म्यानमारमा भएको घटनाको विरोधमा देशब्यापी आन्दोलन गरेका छौँ ।

आज हामीले आँखामा कालोपट्टी बाधेर शान्ति दिप प्रज्वलन गरेका छौँ । शान्तिको सन्देश नेपालबाट पुगोस भन्ने देशका विभिन्न ठाउँमा दिप प्रज्वलन गरेका छौँ । त्यस्तै सो अवसरमा समाजका केन्द्रिय सचिव निर्मल नेपाली, नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी, दलित नागरिक समाजका जिल्ला संयोजक छवी परियार, जेष्ठ नागरिक समितीका अध्यक्ष खुमानन्द अधिकारी लगाएतले म्यानमारमा भएको घटनाको निन्दा गर्दै तत्काल शान्तिको लागि कामना गरेका थिए । कार्यक्रमको सहजीकरण समाजका जिल्ला सदस्य भिमलाल मरासेनीले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार