तुलसीपुरमा हात्ती पाइले विरुद्द औषिध खुवाउन शुरु

पहिलो दिन २४ हजारले खाए, करिब डेढ लाखलाई खुवाउने लक्ष्य
Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र २५ गते बुधवार


दाङ : तुलसीपुरमा बुधवार २४ हजार भन्दा बढिलाई हात्ती पाइले विरुद्दको औषधि खुवाइएको छ । अभियानको पहिलो दिन उपमहानगरका मेयर घनश्याम पाण्डेद्वारा औषधि सेवन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यस्ते उपमहानगरका १९ वटै वडामा वडाध्यक्ष तथा वडा सदस्यहरुद्वारा औषधि सेवन गरी कार्यक्रम उद्घाटन गरिएको उपमहानगरका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए । उक्त कार्यक्रममा बोल्दै मेष्र पाण्डेले सबै नगरवासीलाई हात्तीपाइले रोग विरुद्धको औषधि सबैले निर्धक्कका खान आग्रह गरेका छन् । उनले घर दैलोमा आउने स्वास्थ्यकर्मीहरु तथा स्वयं सेवकहरुले दिएको हात्ती पाइले रोग विरुद्द औषधि निर्धक्कसँग खाएर यस रोगलाई यसै वर्ष तुलसीपुरमा निवारणको विन्दुमा पु¥याउन समेत सबैलाई आग्रगरेका छन् ।

उनले सबैले औषधि सेवन नगर्दा वर्षेनी यस कार्यक्रममा राज्यको खर्च भैरहेको भन्र्दै स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि खाएर यस रोगबाट आफु र आफ्नो घर परिवारलाई बचाउन आग्रह समेत गरे । यो अभियान तुलसीपुरमा २५ गते देखि शुरुवात भइ यो महिनाको अन्तिम सम्म संचालन गरिने स्वास्थय निरीक्षक केसीले जनाए । यस अभियानमा तुलसीपुरमा ११६ जना स्वास्थ्यकर्मीहरु र २१८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरु प्रत्येक वडाहरुमा दैनिक रुपमा परिचालन गरिएको समेत उनले बताउ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगाएत स्वास्थ्य कार्यालय दाङले कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी रहेको उनको भनाइ छ । यस पटक तुलसीपुरमा १ लाख ४५ हजार भन्दा बढिलाई यो औषधि खुवाउने लक्ष्य राखिएको समेत केसीले जनाए । तुलसीपुरको २ स्थान विजौरीको हाडिमे र टरिगाउँमा यो रोगको सर्बेक्षण गर्दा क्रमस करिब ७ प्रतिशत र २ प्रतिशत भन्दा बढि रहेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार